०९ असार २०८३, मंगलबार

जंगलमा आकस्मिक अवतरण गर्न बाध्य भएपछि पाँच हप्तासम्म पाइलटको बिजोक, के खाएर बाँचे ?

फागुन २२, २०७७
जंगलमा आकस्मिक अवतरण गर्न बाध्य भएपछि पाँच हप्तासम्म पाइलटको बिजोक, के खाएर बाँचे ?

अमेजनको घना तथा खतरनाक जंगलमा पाँच हप्तासम्म बस्न बाध्य भएपछि एक पाइलट घर फर्किएका छन् । 

पाँच हप्ता उनी चराको अण्डा र जंगली फल खाएर बाँचेका थिए । 
 

एन्टोनियो सेना नामक ती ३६ वर्षीय पाइलट शनिवार फेला परेर सोमवार परिवारसँग पुनर्मिलन गरेका छन् । 

उनी जनवरी २८ मा हराएका थिए । 

ब्राजिलमा अमेजन नदीको उत्तरी किनारमा रहेको पारा राज्यको आलेनकेरबाट नजिकैको शहर आलमेरिमतर्फ उनी जाँदै थिए । 

विमानको इन्जिनमा समस्या आएपछि उनी जंगलको बीचमा रहेको मैदानमा अवतरण गर्न बाध्य भएका थिए । 

विमानमा आगो लागेपछि उनले रकस्याकमा ब्रेड र अन्य कुराहरू राखेर बोक्न सफल भएका थिए । 

त्यसको चार हप्तासम्म उनी जंगलै जंगल पैदल हिँडेका थिए । बदाम टिप्नेहरूको एक समूहसँग उनको जम्काभेट भएपछि उनको उद्धार हुन सकेको थियो । 

ब्राजिलमा उनको पारिवारिक पुनर्मिलन कारुणिक बनेको थियो । पछि उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल कुदाइएको थियो ।

उनी एक हप्तासम्म दुर्घटनाग्रस्त विमानकै नजिक बसेका थिए भने खोजी तथा उद्धार टोली उनको शिरमाथि घुमिरहेका थिए । पछि उनी पैदलै सहायता खोज्न हिँडेका थिए । 

शनिवार उनी बदाम टिप्ने समूहको सम्पर्कमा आएका थिए । 

पाँच हप्तामा उनले २५ किलो तौल गुमाएका थिए । तर डिहाइड्रेसन र सानातिना चोटपटकको उपचारपछि उनलाई अस्पतालबाट छुट्टी दिइएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्