चीनका सांसदहरूले हङकङको निर्वाचनमा आमूल परिवर्तन ल्याउनका लागि एक प्रस्तावलाई स्वीकृति दिएका छन् ।
लगभग सर्वसम्मति मतका साथ नेसनल पिपुल्स कंग्रेसले बिहीवार हङकङ विधानसभाको आकार र संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको हो ।
हङकङको विधायक तथा प्रमुख कार्यकारी पदको उम्मेदवार देशभक्त छन् भनी सुनिश्चित गर्ने एक परीक्षण समिति पनि गठन गर्न संसद्ले आह्वान गरेको छ ।
यस प्रस्तावमा २८ सय ९५ सांसदले स्वीकृति दिएका थिए । मतदानमा एकजना अनुपस्थित रहे भने कसैले पनि विपक्षमा मतदान गरेन । परिणाम घोषणा भएपछि ग्रेट हल अफ द पिपुलमा सांसदहरूले ताली बजाएर स्वागत गरेका थिए ।