भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वामी चिद्भवानन्दको भगवद्गीता टीकाको किन्डल भर्जनको भर्चुअल अनावरण समारोहमा बिहीवार गीतासम्बन्धी अभिव्यक्ति दिएका छन् ।
‘गीताले अध्येतालाई सोच्न बाध्य बनाउँछ । यसले हामीलाई प्रश्न गर्न प्रेरित गर्छ । उसले बहसलाई प्रोत्साहन गर्छ र हाम्रो मस्तिष्क खुला राख्छ । गीताबाट प्रेरित हुने व्यक्तिको स्वभावमा करुणा हुन्छ र उसको व्यवहार लोकतान्त्रिक हुन्छ,’ मोदीले बताए ।
‘भगवद्गीताको सौन्दर्य यसको गहिराइ, विविधता र लचिलोपनमा छ । महात्मा गान्धी, लोकमान्य तिलक, महाकवि सुब्रमण्य भारती जस्ता महान् व्यक्तिहरू गीताबाट प्रेरित थिए,’ मोदीको भनाइ छ ।
ईबूकहरू लोकप्रिय बन्दै जाँदा गीतालाई डिजिटाइज गर्दा थप युवाहरू यसप्रति आकर्षित हुने मोदीले बताए । शाश्वत गीता र गौरवशाली तमिल संस्कृतिबीचको सम्बन्धलाई थप गहिरो बनाउन यो आवश्यक रहेको उनको भनाइ छ ।