१५ असार २०८३, सोमबार

यस्तो छ जीवनको नयाँ गीत 'कहिलेसम्म टिक्ने होला' [भिडियो]

फागुन २७, २०७७
यस्तो छ जीवनको नयाँ गीत 'कहिलेसम्म टिक्ने होला' [भिडियो]

संजीव पराजुली र टिका प्रसाईको स्वरमा जीवन भण्डारीको शब्द/संगीतमा गीत सार्वजनिक भएको छ।

संजीव पराजुली यूट्यूब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतको भिडियो पक्ष पनि बलियो बनेको छ। भिडियो विवेक बराइली निर्देशनमा छन् भने आँचल शर्मा र कुशल बिष्ट अभिनयमा देखिएका छन्। 

गीतकार भण्डारीको यस गीत लगत्तै झण्डै आधा दर्जन गीत सार्वजनिक भएका छन् ।

गीत लेखन र सांगीतिक क्षेत्रमा उदीयमान भण्डारीको यस गीत चर्चित जोडीको रूपमा परिचित प्रसाई र पराजुलीले गाएका छन्।

पराजुली र प्रसाईका थुप्रै युगल गीतहरू बजारमा चर्चामा रहेका छन्। यो गीत पराजुली र प्रसाईको ‘संगसंगै’ एल्बमबाट रिलिज भएको हो।

समाचार तयार पार्दासम्म यो गीत ४९ हजारभन्दा बढी पटक हेरिएको छ ।

यस एल्बममा ‘नाई मलाई थाहा छैन’, ‘कर्के नजर’ ‘एउटा कुरा भनौं’ लगायतका एक दर्जन गीतहरू समावेस छन्।

भिडियो

salt training

कमेन्ट गर्नुहोस्