०४ असार २०८३, बिहीबार

यी व्यक्तिको नाकबाट १८ वर्षपछि निकालियो गाँजा, चिकित्सक छक्क

फागुन २९, २०७७
यी व्यक्तिको नाकबाट १८ वर्षपछि निकालियो गाँजा, चिकित्सक छक्क

एक व्यक्तिले कारागारमा गाँजा ल्याएको १८ वर्षपछि उनकै नाकबाट निकालिएको छ । चिकित्सकहरूले यस्तो घटना पहिलोपटक भएको बताएका छन् । 

यो केसको रिपोर्ट गर्ने चिकित्सकहरूको टोलीले ब्रिटिश मेडिकल जर्नलमा यसको बारेमा लेखेका छन् । उक्त व्यक्तिले कारागारमा भेट्न आएकी प्रेमिकाबाट बलूनमा बेरेर गाँजा पाएका थिए । 

गार्डहरूले पत्ता नलगाऊन् भनी उनले दाहिनेतर्फको नाकको प्वालमा गाँजा लुकाएका थिए तर पछि निकाल्न सकेका थिएनन् किनकि त्यो गाँजा निकै भित्रसम्म पसेको थियो । 

वर्षौंसम्म नाकमा संक्रमण भएको र सास लिन गाह्रो भए पनि उनले गाँजा निलेको ठानेर बसेका थिए । 

१८ वर्षमा उक्त गाँजा राइनोलिथ बनेको थियो । त्यो भनेको ढुंगा हो । नाकको प्वालमा उक्त ढुंगा बनेको हो ।

उनको नाकमा शल्यक्रिया गरेर राइनोलिथ हटाइएको तीन महिनापछि उनले सबै अप्ठ्यारोहरू हटेको बताए । 

अस्ट्रेलियाको सिड्नीमा यो घटना भएको हो ।

अनुसन्धानकर्ताहरूले गाँजाका कारण राइनोलिथ बनेको यो पहिलो घटना भएको विश्वास गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्