मनिषा कोइरालाको भावुक मन्तव्य - मेरो बाँकी जीवन सृजनात्मक कार्यमा लगाउन चाहन्छु [भिडियो]

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

बलिउड अभिनेत्री मनिषा कोइरालाले महाशिवरात्रीको अवसरमा ‘महामृत्युन्जय मन्त्र’ सार्वजनिक गरेकी छन् । महामृत्युन्जयमा मनिषासँगै सुर-सुधाका सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर छ ।

परम्परागत शब्दमा तयार गरिएको महामृत्युन्जयमा संस्कृत शब्द छन् । यो महामृत्युन्जय सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका हुन् ।


Advertisement

राजीव श्रेष्ठको सीतार, प्रेम रानाको बाँसुरी र विकास सिंहको गितार रहेको छ । मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यको लागि यो मन्त्र तयार गरिएको गायिका मनिषाले जानकारी दिइन् ।

सुर-सुधाका सुरेन्द्र श्रेष्ठले, मनिषाजी राम्रो गायिका हो भन्दै उनको तारिफसमेत गरे ।

अर्को प्रसंगमा मनिषाले भनिन् – 'म पचास वर्षको भएँ, अबको मेरो सेमी रिटायर जीवन म सृजनात्मक कार्यमा लगाउन चाहन्छु र राम्रो गायिका पनि बन्न चाहन्छु ।'

टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलबाट सार्वजनिक मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका हुन् । उज्ज्वल जोशी र जावेद खानले यो मन्त्र छायांकन गरेका हुन् ।

भिडियो - 

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्