०६ असार २०८३, शनिबार

फेरि पार्टीलाई सशक्त बनाउँछुः प्रचण्ड

फागुन २७, २०७७
फेरि पार्टीलाई सशक्त बनाउँछुः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुदृढीकरण गर्न देशव्यापी अभियान चलाउने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज  आयोजित नयाँ नमूना स्वास्थ्यकर्मी संघको भेलामा उनले फेरि पनि जनतासँग जोडिने गरी पार्टीलाई सशक्त बनाउने सोचका साथ अगाडि बढेको बताए ।

अब आफूू राजधानी बस्नेभन्दा पनि पार्टी सुदृढीकरणको अभियानमा देशव्यापीरुपमा खटिने उनले बताए ।

जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न अन्य शक्तिको साथमा क्रान्ति गर्न खोजिएको भए पनि त्यसबाट सफलता हासिल नभएको उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्