
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू म्युजीकल चेयर खेलमा लागेको टिप्पणी गरेका छन् ।
उनले बिहीवार एक ट्वीट गर्दै देश गम्भीर संकटमा फसेको बेला दल र नेताहरूको भूमिका अपेक्षित स्तरको हुन नसकेको बताए ।
उनले भनेका छन्, 'अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो त ।'
उनले आफ्नो पार्टी जसमा त्यो मुसादौडमा नरहेको समेत बताएका छन् ।
देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है!अदालतको कृपाले अलिअळि लाज बचेको बेला पुन:उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने,आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त!जसपा त्यो मुसादौडमा छैन है!
— Baburam Bhattarai (@brb1954) March 11, 2021