१५ असार २०८३, सोमबार

दक्षिण अफ्रिकी जुलु राजाको निधन

फागुन २८, २०७७
दक्षिण अफ्रिकी जुलु राजाको निधन

दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गूडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ । 

मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका राजा गूडविलको शुक्रबार निधन भएको राजदरबारले घोषणा गरेको छ ।

राजदरबारले जारी गरेको विज्ञप्तिमा जुलु देशका राजा गूडविल ज्वेलिथिनीको शुक्रबार बिहान निधन भएको उल्लेख छ । 

राजा गूडविलले जुलु देशको राजाका रुपमा निकै लामो अवधि शासन गर्नु भएको थियो । उहाँको शासनकाल झण्डै पाँच दशक रहेको थियो । सन् १९४८ मा उत्तरी क्वाजुलु–नाटालको नोङ्गोमामा जन्मनु भएका गूडविल सन् १९६८ देखि राजगद्दीमा रहनु भएको थियो । 

परम्परागत नेतृत्व सम्बन्धी दक्षिण अफ्रिकाको संविधान बमोजिम जुलु राजाले आफ्नो समुदायको प्रतिनिधित्व गर्न सक्ने व्यवस्था छ । हाल यो पद कार्यकारी नभएर समुदायको प्रतिष्ठा र संस्कृतिसँग जोडिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्