१४ असार २०८३, आइतबार

राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्ने माधव नेपालको घोषणा

फागुन २८, २०७७
राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्ने माधव नेपालको घोषणा
फाइल फोटो

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिएका छन् ।

मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरु’ को आज यहाँ लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए ।

आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो । पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्ने उनले बताए ।

उनले भने, 'नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने छ ।'

पुस्तकका लेखक राईले आफूले युरोप यात्राका क्रममा देखेका र भोगेका कुरा समेटेर पुस्तक लेखेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्