
बलिउडमा नेहा धुपिया र अंगद बेदीको जोडी निकै चर्चित छन् । दुवैले आफ्ना फ्यानहरूलाई अनेक खुराक दिइरहन्छन् ।
हालै नेहाले एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छन् । जसमा उनले उनका पति अंगदसँग स्विमिङ पूलमा मस्ती गरेका छन् ।
नेहा र अंगदले पूलमा वर्कआउट गरेका छन् भने सँगसँगै रमाइपनि रहेका छन् ।
नेहाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक छोटो भिडियो सार्वजनिक गरेकी छन् । जुन फास्ट फर्वाड मोडमा छ ।
भिडियोमा नेहा र अंगद कार्डियो एक्सरसाइज गरिरहेको देखिन्छ । उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।