०४ असार २०८३, बिहीबार

एनसीसी बैंकले शुरू गर्‍यो अनलाइनबाटै  अटो रिक्साको भुक्तानी सेवा

फागुन २९, २०७७
एनसीसी बैंकले शुरू गर्‍यो अनलाइनबाटै  अटो रिक्साको भुक्तानी सेवा

नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क एनसीसी बैङ्कले अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्ने सुविधाको शुरुवात गरेको छ ।

बैङ्कले शुक्रबारबाट मोरङ जिल्लाको बिराटनगर महानगरपालिका स्थित विराटनगर नोबेल मेडिकल कलेज रुटमा चल्ने अटो रिक्सा चढ्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो । 

एनसीसी बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न सकिने छ ।

शुक्रवार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अटो रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण गर्दै अनलाइन भुक्तानीको सेवा शुरू गरे । बिराटनगर मेडिकल कलेज रुटमा चल्ने के एन अटो यातायात प्रालिमा आबद्ध अटो रिक्सामा क्युआर कोडमार्फत भुक्तानी हुने भएको हो ।

व्यवसायमा नगद रहित कारोबार गर्दा छिटो छरितो र सुलभ ढंगमा कारोबार हुने हुँदा यसले आम व्यवसायी र सेवाग्राही वर्गमा लाभ पुग्ने एनसीसी बैङ्कले अपेक्षा लिएको छ ।

क्यूआर कोड हस्तान्तरण गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबार सुरु भएकोले नोट कम चलाएर डिजिटल कारोबार गरि राष्ट्रकै लागि योगदान पुर्‍याउन सकिने बताउँदै सबैलाई यसमा सहयोगका लागि आग्रह समेत गरे ।

salt training

कमेन्ट गर्नुहोस्