
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको बताउँदै हतारमा निर्णय नगर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तामा जान कांग्रेस हतारिने तथा लोभिने काम गर्न नहुने बताए ।
उनले भने, 'राजनीति अत्यन्तै तरल अवस्थामा छ, हाम्रो पार्टीले हतार गर्ने, लोभ गर्ने अवस्था छैन ।'
उनले परिस्थिती आए सत्तामा जान पछि नहट्ने पनि उनले सुनाए । उनले भने, 'तर परिस्थिती आउँदा भाग्ने अवस्था पनि छैन, पछि हट्दिन ।'