×

NMB BANK
NIC ASIA

एक जना अध्यक्षका लागि हिरिक्कहिरिक्क गरिराख्या छन्, अध्यक्ष भए अरे : प्रधानमन्त्री ओली

फागुन २९, २०७७

NTC
Premier Steels

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालमाथि व्यंग्य गर्दै एक जना अध्यक्षका लागि हिरिक्कहिरिक्क गरिराखेका बताएका छन् ।

Muktinath Bank

अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको आयोजनामा काठमाडौंमा भएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, एक जना अध्यक्षका लागि हिरिक्कहिरिक्क गरिराख्या छन्, अध्यक्ष भए अरे !’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले लड्डु बाँडेकोप्रति व्यंग्य गर्दै ओलीले भने, ‘सानो कुरा केही भयो भने अबीर जात्रा, लड्डु ! केको जात्रा हो ? केका लागि लड्डु खाएका हुन् ? के पाउँछन् ? हेर्दै जाउँला ।’


Advertisment
Nabil box
Kumari

यस्तो तरिकाले आन्दोलन र देशलाई बर्बाद गर्ने ओलीले बताए । ‘यो तरिका आन्दोलनलाई बर्बाद गर्ने तरिका हो, देशलाई बर्बाद गर्ने तरिका हो । यसलाई चिर्दै आएका छौं, चिरेर छाड्नै छौं,’ उनले भने, ‘हामी आफ्नो निम्ति होइन, देश र जनताका निम्ति काम गरिरहेका छौं । सुशासन र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षाका लागि काम गरिरहेका छौं ।’

Vianet communication

नेताहरूले नयाँ प्रधानमन्त्री छान्न छलफल गरिरहेकोप्रति समेत ओलीले व्यंग्य गरे । ‘प्रधानमन्त्री तपाईंले खाइदिनुपर्‍यो भनेर निवेदन हाल्न जान्छन् । हामी निवेदन हाल्न जाँदैनौं । हामीबाहेक देशलाई सही नेतृत्व दिने न पार्टी छ, न कुनै नेता छ । कुनै नेताको भाषणमा विकासको कुरा सुन्नुभएको छ ? केपी ओलीलाई धारे हात मात्रै लाउँछन्,’ उनले भने, ‘झगडियाहरूको ताल कस्तो हुँदो रहेछ । दिनैपिच्छे सिग्नेचर अभियान चलेको छ । पार्टीका बैठकमा आउनु पर्दैन ? पार्टीमा बैठकमा नआउने, कार्की ब्याङ्केटमा भोज खान जो जो आयो, त्यसको हस्ताक्षर गरेर निर्वाचन आयोग जाने ।’

ओलीले विगत ३ वर्षमा सरकारले गरेका धेरै कामहरू एकछिनमा भन्न नसकिने बताए । ओलीले भने, सरकारले ३ वर्षमा गरेका काम, यतिधेरै कामहरू सरकारले गरेको छ, एकछिनमा भन्न सकिँदैन ।’

प्रधानमन्त्री ओलीले सरकार जनताप्रति बफादार रहेको बताए । ‘यस्तो जनताको सरकार, देशप्रति बफादार सरकार, देशभक्त सरकार, विकासको अभिभारा बोकेको सरकार । यसका निम्ति काम गरिरहेको सरकार,’ ओलीले भने, ‘शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समानताका क्षेत्रमा, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाको सन्दर्भमा यसले गरेका कामहरू । अथवा समाजमा सरकारको तर्फबाट जनतालाई पुर्‍याउनुपर्ने सेवा र सुविधा पुर्‍याउने कामहरू । बाटाघाट, झोलुङ्गेपुल, राजमार्ग, पर्यटनलाई अगाडि बढाउने कुरा । यी सबै कुरा । कृषिको आधुनिकीकरणको सन्दर्भमा गरिएका कामहरू । युगान्तकारी कामहरू यस ३ वर्षमा भएका छन् ।’

पार्टी र सरकारमा बाधा हुँदा पनि सरकारले थुप्रै काम गरेको बताए । ‘पार्टीमा भोग्नुपरेका बाधा, सरकारमा भोग्नुपरेका बाधा । देशलाई अन्धकारतिर धकेल्ने कुचेष्टा । मैले त्यतातिर जानु पर्दैन । यहाँहरू जानकार हुनुहुन्छ । खुट्टा तान्ने, घेराबन्दी गर्नेले हाम्रो विकासको गतिलाई रोक्न सकेनन्,’ ओलीले भने ।
सरकारले सही उद्देश्य लिएर कार्यान्वयन गरिरहेको उनले बताए । ‘हामीले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा तोकेका छौं, त्यो उद्देश्य साकार पार्न सही नीति, सही कार्यक्रम, सही योजना र उपयुक्त कार्यान्वयन साथ अघि बढिरहेका छौं । नेपाल अगाडि बढ्ने नै भयो,’ उनले भने, ‘हाम्रो विकासको गतिलाई कोभिडले पनि रोक्न सकेन, खुट्टा तान्ने, घेराबन्दी गर्नेले हाम्रो विकासको गतिलाई रोक्न सकेनन् ।’

ओलीले केही दिनमा मेलम्चीको पानी काठमाडौंका धाराधारामा आउने बताए । ‘मेलम्चीको पानी काठमाडौं खसाल्यौं, बागमतीमा बगिरहेको छ, केही दिनमा धाराधारामा पानी बाँड्दैछौं,’ उनले भने, ‘नौबिसे २६ किलोमिटर थियो, अब ४ किलोमिटर हुँदैछ, सुरुङ मार्ग बन्दैछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x