०५ असार २०८३, शुक्रबार

२ हजार ३६२ पीसीआर परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

फागुन २९, २०७७
२ हजार ३६२ पीसीआर परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा थप ६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

शनिवार २ हजार ३ सय ६२ पीसीआर परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म मुलुकभर २ लाख ७५ हजार १ सय ७८ जनामा कोरोना संक्रमण भएको छ । 

शनिवार ७२ जना संक्रमित उपचारपछि निको भएका छन् । यससँगै उपचारपछि निको भएकाहरूको संख्या २ लाख ७१ हजार २ सय ४९ रहेको छ । 

मन्त्रालयका अनुसार शनिवार २ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्