०५ असार २०८३, शुक्रबार

'पर्यटन क्षेत्रको पुनरुत्थानमा सरकारको प्राथमिकता'

फागुन २९, २०७७
'पर्यटन क्षेत्रको पुनरुत्थानमा सरकारको प्राथमिकता'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानसम्बन्धी योजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

 सुर्खेतको वीरेन्द्रनगरमा आज तेस्रो राष्ट्रिय होमस्टे (घरबास) कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सरोकारवालाको सहभागितामा पर्यटन पुनरुत्थानसम्बन्धी कार्ययोजना निर्माण भइरहेको बताए ।

उनले होमस्टेले पर्यटन प्रवद्र्धनमार्फत मुलुकको आर्थिक विकासमा ठूलो टेवा पु¥याएको भन्दै विविधतायुक्त संस्कृतिको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न अझै मिहेनत गर्नुपर्ने विचार व्यक्त गरे ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले कर्णालीमा ठूला होटल नभएको अवस्थामा होमस्टे सञ्चालन गर्न आग्रह गरे।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले होमस्टेको विकासका लागि पहिले सडक पूर्वाधारको विकास हुन जरुरी रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्