३१ जेठ २०८३, आइतबार

कर्णाली उत्सव समुन्नत प्रदेश निर्माणको सहयोगी : प्रदेश प्रमुख

फागुन २९, २०७७
कर्णाली उत्सव समुन्नत प्रदेश निर्माणको सहयोगी : प्रदेश प्रमुख

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली उत्सवः कुडा कर्णालीका’ दोस्रो संस्करण समुन्नत प्रदेश निर्माणको सहयोगी बन्ने बताएका छन् ।

ऋति फाउण्डेशन, सुर्खेतद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत बुलबुले उद्यानमा आयोजित ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ को समापन कार्यक्रममा बोल्दै उनले कर्णालीको भाषा, साहित्य, कला संस्कृतिलाई देश तथा विदेशभरि चिनाउने उद्देश्यले आयोजित उत्सवबाट समुन्नत प्रदेश निर्माणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता कार्यान्वयन गर्ने निकाय नै उदासीन रहेको बताउँदै सङ्घीयता कार्यान्वयनका लागि सबैसँग सहकार्य गर्ने धारणा व्यक्त गरे ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले उत्सवले कर्णाली र प्रदेश नं २ बीच भावनात्मक सम्बन्ध कायम गर्न सघाउ पुगेको बताए ।  

salt training

कमेन्ट गर्नुहोस्