
चीन सरकारले चिनियाँ सर्वोच्च आधिकारिक संस्थाले मतदानबाट हङकङ विशेष प्रशासन क्षेत्रको निर्वाचन व्यवस्थाको सुधारसम्बन्धी निर्णय पारित गरेको जानकारी दिएको छ । बेइजिङमा गरिएको पत्रकार सम्मेलनमा चीनका विदेशमन्त्री वाङ यीले हङकङ निर्वाचन व्यवस्थाको सुधार विभिन्न पक्षका लागि फाइदाजनक हुने धारणा राखेका हुन् ।
उनले भने, “निर्वाचनको सुरक्षाबाट देशको सुरक्षा गर्नु विश्वको सामान्य नियम हो । विश्वभरि कुनै देशले आफ्नो क्षेत्रीय निर्वाचनलाई स्वदेशको सुरक्षामाथि खतरा उत्पन्न गर्ने वातावरणलाई स्वीकार्न सक्दैन ।”
गत वर्ष हङकङ सुरक्षा कानुनको निश्चितता तथा कार्यान्वयन सँगै चालु वर्ष हङकङ निर्वाचन व्यवस्थाको सुधारलाई चिनियाँ सर्वोच्च आधिकारिक संस्थाबाट पारित गरेर कानुनी रुपमा राजनीतिक स्थिरता तथा शासनको सुरक्षाका लागि जोखिम बन्द गर्नुका साथै चीनविरोधी तथा हङकङलाई अराजक पार्ने शक्तिलाई नियन्त्रण गरेर हङकङ मामिलामाथि बाह्य शक्तिको हस्तक्षेप पनि निषेध गरिएको छ ।
हङकङको समृद्धि तथा स्थिरता चीनको हित मात्र नभई अन्तर्राष्ट्रिय जगतको हितसँग पनि अनुकुल रहेको चिनिया अधिकारीहरूको दावी रहेको छ ।