
काठमाडौं, ९ जेठ — बेलायतको म्यानचेस्टर शहरमा सोमवार राति भएको आतंकवादी आक्रमणपछि पूरै संसार स्तब्ध हुँदा इस्लामिक स्टेट (आईएस) का समर्थकहरू भने खुशियाली मनाएका छन् । आतंकवादी आक्रमणमा १९ जनाको मृत्यु भएको थियो ।

आक्रमणको जिम्मेवारी कुनै पनि समूहले नलिएको भएपनि आईएस समर्थकले म्यानचेस्टरबाहेक अन्य ठाउँमा पनि आक्रमण गर्न आक्रमणकारीहरूलाई उक्साएका छन् । म्यानचेस्टरएरिना नामक ट्विटर प्रयोगकर्ता (ह्यान्डल @cshhbk) ले ‘किल हिम एभ्रीह्वेर’ अर्थात् उसलाई जहाँ भेटिन्छ मार भनी ट्वीट लेखेका छन् । उसलाई भन्नाले पश्चिमका मानिस भन्ने अर्थ लाग्छ । अनि @FdgtJku ह्यान्डल भएका ट्विटर प्रयोगकर्ताले (जस्ट टेरर) पूर्ण आतंक भनी ट्वीट गरेका छन् ।
यो आक्रमण आत्मघाती आक्रमणकारीले गरेको बुझिएको छ ।
एरियाना ग्रान्डे नामक गायिकाको कन्सर्टमा आक्रमण भएको थियो । ग्रान्डे सुरक्षित छिन् ।
एजेन्सी