
साताको पहिलो दिन आइतवार शेयर बजारमा पहिरो गएको छ । आइतवार नेप्से परिसूचक ५१.२३ अंकले घट्दै २४०७.२५ विन्दुमा झरेको छ ।
कुल २ सय ११ कम्पनीको ९९ लाख ३ हजार ७ सय ४ कित्ता शेयर ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको छ ।
यस दिन होटल तथा पर्यटन र जलविद्युत समूहबाहेक अन्य सबै समूहको कारोबार ऋणात्मक छ ।
बजार घटेपनि चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् । यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको शेयर मूल्य पनि सर्किट लेभलमा पुगेको छ ।
यस्तै पञ्चकन्या माई जलविद्युत लिमिटेडको शेयर मूल्य पनि सर्किट लेभलमा पुगेको छ ।
यस्तै घलेम्दी हाइड्रो लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबारको आधारमा यस दिन माथिल्लो तामाकोशीको सबैभन्दा बढी ४४ करोड ५६ लाख ५७ हजार रुपैयाँ र नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर २७ करोड ५६ लाख ६८ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।