
रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारबाट हतियारसहित तीन जना युवा पक्राउ आइतबार परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसार पेस्तोलसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित उनीहरूलाई जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर–७ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई गाउँपालिका–७ बेतकुइयाका २४ वर्षका सुरज हरिजन, सोही स्थानका २३ वर्षका तौलन हरिजन र सम्मरीमाई वडा नम्बर–७ भुन्डिहवाका २६ वर्षका सकिल मुसलमान पक्राउ परेका जिप्रका रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सन्तनारायण थापाले जानकारी दिए ।
जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यूपी ५५ एन ४९४९ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरूलाई खानतलासी गर्दा गोली नभएको कटुवा पेस्तोल फेला परेको हो ।
नियन्त्रणमा लिइएको उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।