
जगदम्बा सिमेन्टले ६० जनाभन्दा धेरै निर्माण विज्ञहरुसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
पाँचखालको खावामा सम्पन्न सो कार्यक्रममा विभिन्न क्षेत्रका निर्माण व्यवसायीहरुले भूकम्प प्रतिरोधात्मक निर्माण विधी हाम्रो जस्तो देशको संरचनामा निर्माणमा अपरिहार्य रहेको बताएका छन् ।
पाँचखाल नगरपालिकाका वडा अध्यक्ष किरण श्रेष्ठ, जगदम्बा सिमेन्टका बरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहाल तथा बिक्री प्रबन्धक नवराज भुर्तेलको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विज्ञसँगको परामर्श, कुशल जनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक केदार निरौलाले प्रष्ट पारेका थिए ।