०५ साउन २०८३, मंगलबार

ओलीसँग भेटका लागि माधव नेपाल र उनीपक्षीय नेताहरू धुम्बाराहीमा

ओलीसँग भेटका लागि माधव नेपाल र उनीपक्षीय नेताहरू धुम्बाराहीमा

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटका लागि पार्टीका प्रभावशाली नेता माधवकुमार नेपाल धुम्बाराही पुगेका छन् ।

दोस्रो तहका नेतालाई लिएर भेटका लागि नेता नेपाल पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुगेका हुन् ।

भेटका लागि नेता नेपालसँगै उनी पक्षीय नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायत पनि धुम्बाराही पुगेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षबाट भने अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली धुम्बाराही पुगेका छन् । प्रधानमन्त्री ओली भने पुग्न बाँकी छ ।

सर्वोच्चले नेकपा खारेज गर्दै एमाले ब्युँताइदिएपछि ओली र नेपालबीच भेटवार्ता हुन सकेको थिएन ।

ओली पक्षले निर्वाचित कमिटीहरू भंग गर्दै महाधिवेशनको मिति समेत तोकेपछि दुई पक्षबीच तिक्तता निकै बढेको थियो ।

ओली पक्षबाट बालुवाटार आउन गरिएको निम्तो नेपालले अस्वीकार गरेपछि धुम्बाराहीमा भेट्ने तय भएको उच्च स्रोतले जानकारी दियो ।

कमेन्ट गर्नुहोस्