२९ जेठ २०८३, शुक्रबार

१० दिन बित्दा पनि सकिएन मतगणना

कात्तिक २०, २०७४
१० दिन बित्दा पनि सकिएन मतगणना

काठमाडौं, ९ जेठ– पहिलो चरण अन्तर्गत वैशाख ३१ गते मुलुकका ३४ जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि सरकारले बाँकी रहेका ३६ जिल्लामा निर्वाचनको तयारी थालिसकेको छ । यही जेठ ३१ गते बाँकी ४ प्रदेशका निर्वाचन गर्नेगरी त्यसको तयारीमा सरकार जुटेको छ ।

पहिलो चरणको निर्वाचन सम्पन्न भएको मंगलवार १० दिन पुगेको छ । तर, यतिको लामो समय वितिसक्दा निर्वाचन आयोगले अझै पनि अन्तिम मतपरिणाम सार्वजनिक गर्न सकेको छैन । अयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मंगलबारसम्म २ सय ६० स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको बताए ।

२३ स्थानीय तहको परिणाम आउन बाँकी, महानगर मूख्य चुनौती

आयोगका अनुसार अझै २३ स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी छ । जसमा ४ वटा महानगरपालिका सहितका केही स्थानीय तह छन् । मतदान सम्पन्न भएका गाउँपालिकाको लगभग शतप्रतिशत मतपरिणाम आइसकेको छ ।

यसबीचमा घोषणा नभए पनि अधिकांश स्थानीय तहको मतगणना सकिइसकेको छ । विशेष स्थिति देखिएका बाहेकका स्थानीय तहले मतगणना लगभग भ्याइसकेका छन् । खासगरी महानगरपालिकाको मतगणनामा ढिलाई देखिएको हो ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा लेखनाथ महानगरपालिका र भरतपुर महानगरपालिकाको मतगणनामा ढिलाई भएको छ । उच्च मतदाता, सबैको चासोका क्षेत्र, राजनीतिक विवाद र निर्वाचन आयोगले जनशक्ति व्यवस्थापनमा चुस्तता कायम गर्न नसक्दा ती क्षेत्रका मतगणनामा यस्तो ढिलाइ देखिएको हो ।

पछिल्लो अपडेटअनुसार ललितपुर महानगरपालिकामा सम्भवतः मंगलवार नै अन्तिम मतपरिणाम सार्वजनिक हुनेछ । अन्तिम २ वटा वडाको मतगणना जारी रहेकाले त्यहाँको अन्तिम मतपरिणाम आजै आउने सम्भवाना देखिएको छ ।

त्यस्तै, चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणना जारी छ । त्यहाँ पनि करीव ६० प्रतिशतको हाराहारीमा मत गन्न बाँकी छ । कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा राजनीतिक विवादले केही दिन मतगणना प्रभावित हुन पुगेका कारण त्यहाँ अधिकांश मत गन्नै बाँकी छ । मतगणनाका क्रममा विवाद देखिएपछि महानगरपालिकाको मतगणना २ दिन प्रभावित भएको थियो ।

काठमाडौं महानगरपालिकाको पछिल्लो अपडेट अनुसार मंगलवारसम्म करीव ५० प्रतिशतमात्र मत गनिएको छ ।

अझै ५ दिन लाग्छ

निर्वाचन आयोगका प्रवक्ता शर्मा निर्वाचनको अन्तिम परिणाम आउन अझै ४/५ दिन लाग्ने बताए । ‘करीव १ सातामा सबै क्षेत्रका अन्तिम मतपरिणाम सार्वजनिक गर्ने अपेक्षा गरेका थियौं,’ उनले भने, ‘अझै ४/५ दिन लाग्ने देखियो ।’ अधिकांश महानगरपालिकामा झण्डै आधाको हाराहारीमा मतगणना बाँकी रहे पनि जनशक्ति थपिएको लगायतका कारण अबको ४/५ दिनमा मतगणना सकिने आयोगको दावी छ ।

salt training

कमेन्ट गर्नुहोस्