१० असार २०८३, बुधबार

डोटीका ३ गाउँपालिका केन्द्रसम्म कालोपत्र हुने भएपछि खुशीयाली

चैत २, २०७७
डोटीका ३ गाउँपालिका केन्द्रसम्म कालोपत्र हुने भएपछि खुशीयाली
प्रतिकात्मक तस्वीर

डोटी जिल्लाका ३ गाउँपालिकाका केन्द्रसम्म सडक पुग्ने भएको छ ।

जिल्लाका बोगटान फुडसिल, सायल र आदर्श गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पुर्‍याउने गरी समझदारी भएपछि स्थानीय खुशी भएका छन् । 

बोगटान फुडसिल केन्द्रसम्म कालोपत्र सडक पुर्‍याउनका लागि संघीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा गाउँपालिकाका तर्फबाट अध्यक्ष कमलबहादुर गडसिला तथा सायलका अध्यक्ष तेजबहादुर डुम्रेलबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएपछि स्थानीय खुशी भएका हुन् । 
    
प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष योजनाअन्र्तगत प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअनुसार बोगटान फुडसिल तथा सायलको केन्द्रसम्म सडक कालोपत्र गरिने बताइएको छ ।

गाउँपालिका केन्द्रसम्म सडक पुर्‍याउनका लागि समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुदूरपश्चिम प्रदेश र प्रदेश सरकारका तर्फबाट यातायात पूर्वाधार निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले हस्ताक्षर गरेका बोगटान फुडसिलका उपाध्यक्ष भगवती बमले जानकारी दिइन् ।

दिपायल राजपुरदेखि केआइसिंह गाउँपालिका केन्द्र वायलसम्म सडक कालोपत्रको काम जारी छ । यसैगरी वायलबाट टुँडागाडसम्म प्रदेश सरकारले सडक कालोपत्र गर्ने तथा गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पुर्‍याउने योजनानुसार अब काम अघि बढ्ने जनाइएको छ ।

यसैगरी आदर्श तथा सायल गाउँपालिका केन्द्रसम्म कालोपत्र सडक पुग्ने भएपछि स्थानीयमा खुशीयाली छाएको नेकपा माओवादी केन्द्रका नेता तेज डुम्रेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्