×

NMB BANK
NIC ASIA

जसपाको लाइन

अरूलाई समर्थन गर्दैनौं, यसपटक जसपाले नै सरकारको नेतृत्व पाउनुपर्छ: रेणु यादव [अन्तर्वार्ता]

चैत २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतले एकीकरणपछि बनेको नेकपा खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनका लागि निर्णायक बन्ने अवस्था आएको छ ।

Muktinath Bank

माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा विश्वासको मत लिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको साथ खोजेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्कोतर्फ कांग्रेस र माओवादी केन्द्रले पनि जसपासँग सत्ता गठबन्धनका लागि छलफल चलाइरहेको छ । यसबीचमा सरकारको नेतृत्व नै जसपाले पाउनसक्ने सम्भावनाको चर्चा पनि हुने गरेको छ ।


Advertisment
Nabil box
Kumari

जसपाकी नेतृ रेणु यादवले पनि लोकान्तरसँगको अन्तर्वार्तामा आफूहरूले अब सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेकी छन् । यादव पूर्व समाजवादी खेमाकी हुन् ।

Vianet communication
Laxmi Bank

भावी सत्ता गठबन्धनका विषयमा जसपा किन अनिर्णित बनेको हो ? जसपाले नै सरकारको नेतृत्व पाउने सम्भावना छ ? नपाएको खण्डमा ओलीलाई समर्थन गर्ने कि देउवा वा प्रचण्ड ? यिनै विषयमा लोकान्तरका लागि अजयअनुरागीले नेतृ यादवसँग कुराकानी गरेका छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :​

सत्ता समीकरणमा निर्णायक बनेको जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीतथा कांग्रेस र माओवादीसँगछुट्टाछुट्टै भेटवार्तागरिरहेको छ। हालसम्म जसपाले कुनै निष्कर्ष निकाल्न वा निकास दिन सकेको छैन। केमा कुरा अड्किएको छ ?

जसपाले देशलाई निकास दिनका लागि अहिले गृहकार्य गर्दैछ। जसरी नेकपामा टुटफुट, विभाजनदेखि गालीगलौजसम्मको घटना देखियो त्यसलाई हेर्दा जसपाले मात्र निकास दिएर निकास निस्किँदैन। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'जीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा छ।

नेकपा एमाले नै अहिले फेरि विभाजन हुने अवस्था पनि देखिएको छ। ओलीजी अहिले फेरि दमनकारीरूपमा उत्रिनुभएको छ । म फेरि पनि प्रतिनिधि सभा विघटन गरिदिन्छु भनेर धम्की दिन थाल्नुभएको छ। अहिलेको परिस्थितिमा हामीले ओलीजीलाई मात्र मतदान गर्ने वा अन्य राजनीतिक दललाई समर्थन गर्नेभन्दा पनि हाम्रो विगतदेखिको मुद्दा सम्बोधनको विषय नै प्राथमिकतामा छ।

रेशम चौधरी जो अहिले जेलमा हुनुहुन्छ उहाँको रिहाइसँगै अन्य नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्तासहित संविधान संशोधनको मुद्दा हाम्रा लागि महत्त्वपूर्ण छ। यी मुद्दामा हाम्रो माग यदि सरकारले पूरा गर्‍यो भने हामी त्यसपछि सहकार्य गर्न तयार छौं। तर, त्यसका लागि मुद्दा फिर्ता लिन्छौं, रिहाइ पनि गरिदिन्छौं, संविधान संशोधन पनि गरिदिन्छौं भनेर कागजमा दुईबुँदे वा तीनबुँदे सहमति गरेकै आधारमा भने सरकारलाई हामीले समर्थन गर्ने कुरा हुँदैन। एउटा व्यक्तिका कारण यदि देश नै संकटमा पर्‍यो भने त्यसका पछाडि पनि हामी लाग्दैनौं।

​ त्यसैले हामीले नेपाली कांग्रेस, माओवादी केन्द्रसँग समेत वार्ता र छलफल गर्दैछौं। त्यति मात्र होइन एमालेमा नै माधवकुमार नेपाल र ओलीजीसँग पनि कुराकानी गरिरहेका छौं। उहाँहरूले अहिलेसम्म हामीलाई ठग्दै आएको चरित्र यदि सुधार गरेर आउनुभएन भने उहाँहरूलाई समर्थन दिनका लागि मात्र हामीले निकास दिन्छौं भन्ने कुरा यसपटक हुँदैन।

बजारमा एउटा कफी हल्ला छ कि हामीले ओलीलाई प्रधानमन्त्रीमा टिकाउँदै छौं, कहिले प्रचण्डलाई बनाउँदैछौं भनेर कफी खाएर हल्ला फैलाइएको छ। के सधैँ हामीले अरूलाई नै प्रधानमन्त्री बनाउने हो ? हामी आफैं प्रधानमन्त्री बन्न सक्दैनौं र ? देशलाई यो संकटबाट निकास दिनका लागि जसपालाई नै सरकारको नेतृत्व दिन सकिन्न र ? जहिले पनि यो तराजुमा र त्यो तराजुमा गरी खाली नापतौल मात्र गर्ने ? एकचोटि जसपालाई नेतृत्व दिएर अगाडि बढ्यो भने देशले सबै समस्याबाट निकास मात्र पाउँदैन, देशमा स्थिरता, शान्ति र समृद्धि पनि आउँछ।

प्रधानमन्त्री ओलीसँग तपाईंकै पार्टीका केही नेताले एक किसिमको कमिटमेन्ट गरिसकेको चर्चा पनि छ,तर केही नेता भने उहाँसँग कुनै हालतमा सहकार्य हुन सक्दैन भनिरहनुभएको छ,किन ?

ओलीलाई निषेध गर्ने कारण के छ भने उहाँमाथि विश्वासको संकट छ। विगतमा उहाँले पार्टी फुटाउनका लागि नियमविपरीत जसरी अध्यादेश ल्याउनुभएको थियो त्यसबाट हामी सशंकित छौं। असंवैधानिक तरिकाले संवैधानिक निकायहरूमा जे नियुक्ति गर्नुभएको छ त्यसले उहाँमाथि विश्वास गर्न सकिन्न।

संविधानविपरीत आफ्नो कुर्सी बचाउनका लागि उहाँले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो, त्यसका लागि हामी सबै अन्य दलका नेताहरू सडकमा आएर आन्दोलन गर्नुपर्‍यो। प्रधानमन्त्री संविधानको दायराभित्र बस्न सक्नुहुन्न भन्ने कुरा यी घटनाहरूबाट समेत पुष्टि भइसकेको अवस्थामा फेरि पनि उहाँले देशलाई दुर्घटनामा पार्नुहुन्न भन्ने कुराको के ग्यारेन्टी छ? त्यसकारण हाम्रो पार्टीले उहाँमाथि विश्वास गर्न सकेको छैन।

अर्को कुरा सरकारसँग संवाद गरिरहेको जे कुरा छ त्यो राज्यसँग गरेको हो। राज्यको काम हो मुद्दा फिर्ता आदि गर्ने । राज्यको दायित्व हो त्यो सबै कुरा गर्नुपर्ने। अहिले सरकारमा ओलीजी नै हुनुहुन्छ ।

त्यसो भए प्रचण्ड वा देउवालाई विश्वास गर्न सकिन्छ भन्ने तपाईंको धारणा हो?

प्रचण्डजी वा देउवाजीको कुरा गर्ने हो भने उहाँ दुवै जना प्रधानमन्त्री भएको बेलामा संविधान संशोधन गर्न दुई तिहाई बहुमत त थिएन उहाँहरूलाई। तर, ओलीजीको सरकार त दुईतिहाइ थियो नि। तर पनि उहाँले गर्नुभएन। व्यक्तिको राजनीति हाबी नहोस्, हामीले प्रचण्डजी वा देउवाजीमाथि विश्वास गर्छौं भन्ने कुरा छैन। त्यसैले त अब हामी आफैं सरकारको नेतृत्व गर्नुपर्छ भनेर भनिरहेका छौं। हाम्रो माग दाबी पनि हो।

जसपा आफैंले सरकारको नेतृत्व गर्‍योभने संविधान संशोधन हुन्छ त ? मुद्दा फिर्ता हुन्छ त ?

हामी सरकारमा गएर हामीलाई दुईतिहाइ समर्थन प्राप्त भयो भने संविधान संशोधन गर्छौं। आफैं सरकारमा नेतृत्व गरेर रेशमजीको मुद्दा फिर्ता लिन्छौं। आफू सरकारमा बसेर गर्न सकिन्न र ? समर्थन दिने दलको विश्वास लिएर ती सबै काम गर्न सक्छौं।

जसपाले नेतृत्व गर्ने अवस्था आए प्रधानमन्त्री को हुने ? महन्थ ठाकुरको चर्चा छ,उहाँलाई नै प्रधानमन्त्रीका रूपमा अघि सार्ने हो ?

जसपामा को प्रधानमन्त्री बन्ने त्यो सेकेन्डरी कुरा हो। पहिले त अन्य दलले त्यसका लागि प्रस्ताव गर्नुपर्‍यो। सबल नेतृत्व दिने क्षमता हाम्रो पार्टीले राख्छ। मिडियाले कहिले महन्थजीको, कहिले उपेन्द्रजीको त कहिले बाबुरामजीको नाम चर्चामा ल्याउने गर्छ। तर, महिलाको नाम कहिल्यै चर्चामा ल्याउँदैन। रेणु यादव पनि त बन्न सक्छ नि! त्यस्तो अवस्था आयो भने कुन व्यक्ति हुने हो त्यो कुराको निर्णय पार्टीले सर्वसम्मत रूपमा लिन्छ ।

जसपालाई प्रधानमन्त्री दिन कांग्रेसमाओवादी तयार भएको हो ?

छैन। अहिले वार्ता, संवाद चल्दैछ। केही दिनपछि कुरा आउला। हामीले आफ्नो पार्टीका शीर्ष पाँच नेतालाई जिम्मेवारी दिएका छौं। उहाँहरूले कुरा गरिरहनुभएको छ। केही न केही निकास त आउँछ नै ।

उपेन्द्र यादवओली सरकारबाट अपमानजनक तरिकालेबाहिरिनुपरेको थियो,उहाँले प्रतिशोधस्वरूप ओलीलाई निषेध गर्न खोजेको आरोप लागेको छ नि !

हाम्रो अध्यक्ष उपेन्द्र यादवलाई अपमान गरेर ओलीजीले बहिर्गमन गराउनुभएको होइन। उहाँले जुन मुद्दाका लागि अटल भएर सरकारमा जानुभएको थियो, त्यो मुद्दा सम्बोधन नहुने भएपछि उहाँ बाहिरिनुभएको थियो, जुन दिन संविधान संशोधन हुँदैन भनेर ओलीजीले भन्नुभयो त्यही दिन उहाँले राजीनामा गरेर बाहिर आउनुभएको थियो। त्यसैले उहाँले प्रतिशोध लिने कुरा होइन।

त्यसो भए के गर्ने भन्ने कुराको निर्णयजसपाले कहिलेगर्छ त ?

सबै कुरा हाम्रो हातमा छैन नि! पहिले त उहाँहरूले निर्णय गर्नुपर्‍यो। नेपाली कांग्रेस, एमालेले निर्णय गर्‍यो भने मात्र हाम्रो भूमिका आवश्यक पर्ने हो। त्यसका लागि हाम्रो पार्टीले होमवर्क गरिरहेको छ।

अन्तिममा ओली सरकारलाई समर्थन गर्नुपर्ने स्थिति आयो भने पूर्व समाजवादी पार्टीका समेतकेहीसंसदको समर्थनमा पूर्व राजपाले ओलीलाई मतदान गर्ने कुराको पनि चर्चा छ, यसमा के भन्नुहुन्छ?

जसपा पार्टी फुट्दैन। मलाई अहिलेसम्म के विश्वास छ भने जसपाले जे निर्णय लिन्छ त्यो एकढिक्का भएर लिन्छ। पार्टी फुट्दैन।

विगतमा सपा फुट्नै लाग्दा जसपा गठन भएको हो। अहिलेफेरिजसपा नफुट्ला भनेर भन्नका लागि के आधारछ तपाईंसँग?

त्यतिबेला सपा फुट्न लागेको भन्ने हल्ला त थियो तर फुटेन नि ! पूर्व राजपा र पूर्वसपा मिलेर जसपा गठन भएको हो। स्थानीय तहको चुनावदेखि नै एकीकरणको प्रयास दुवै पार्टीमा भएको थियो, त्यसैको परिणाम स्वरूप एकता भएको हो। जसपामा कुनै एक व्यक्ति कतै जान सक्लान् तर पार्टी भने फुट्दैन।

जसपाको संसदीय दलको नेता वरिष्ठ नेता राजेन्द्र महतोलाईबनाउनेसहमति भएको हो ?

अहिले कुनै सहमति भएको छैन।

विगतमाराजेन्द्र महतोलाईदिने भनेरमहन्थ र उपेन्द्र दुवैसहमत हुनुभएकोथियोभन्ने कुरा छ नि ?

छैन, त्यस्तो सहमति कहिल्यै भएन। हामी आपसमा सबै सांसद बसेर कुनै न कुनै सांसदलाई नेता बनाउँछौं तर, एउटा कुरा के बुझ्न सकिएन भने जहिले पनि महन्थ ठाकुर, उपेन्द्र यादव वा राजेन्द्र महतो मात्र दलको नेताका लागि योग्य हो ? महिला हुन सक्दैन? रेणु यादव हुन सक्दैन ? त्यसमा त मेरो पनि दाबी छ नि ! जहिले पनि पुरुष-पुरुष मात्र हुने। यसपटक संसदीय दलको नेतामा हामी महिलाले पनि दाबी गर्छौं।

प्रधानमन्त्री ओलीलेरेशम चौधरीलाई रिहा गराइदिनुभयो भनेपनि समर्थन गर्नुहुन्न?

मात्र रेशम चौधरीको कुरा होइन, संविधान संशोधनको पनि कुरा छ ।

संविधान संशोधन त राष्ट्रिय सहमति विना सम्भव छैन,मुद्दा फिर्ता र नेताहरूको रिहाइ भयो भने त तपाईंहरूमा पनि नैतिक दबाब पर्ला नि!

हो, दुईतिहाइविना नहुने हो। विगतमा समर्थन गरेर दुईतिहाइ त दिएकै थियौं तर गर्नुभएन। अब अहिलेको परिस्थितिमा के हुन्छ, कस्तो वातावरण हुन्छ त्यसलाई पनि हेर्नुपर्छ। ओलीजीलाई निषेध नै गर्नुपर्छ, सहकार्य नै हुन सक्दैन भन्ने कुरा पनि छैन।

कतिपय नेताले अनौपचारिक कुराकानीमा ओलीसँग मिल्दा बढी मन्त्रालय पाइने कुरा पनि गरिरहेको सुनिन्छ नि !

धेरै संख्या वा ठूलो संख्याको कुरा छैन। हाम्रा लागि मुद्दा ठूलो कुरा हो। को मन्त्री बन्ने, प्रधानमन्त्री बन्ने त्यो पछिको कुरा हो। बरु दुईवटा मन्त्री कम भएपनि प्रधानमन्त्री पाए हामीलाई पुग्छ।

जसपाले प्रधानमन्त्री पाउने सम्भावना छ र ?

किन छैन ? त्यसको गृहकार्य चलिरहेको छ। जहिले पनि हामी अरूको पछाडि-पछाडि मात्र जानुपर्छ भन्ने छ र ?

त्यो त तपाईंहरूलाई अल्मल्याउनका लागिफालिएको कार्ड मात्र हो भन्ने पनि छ नि !

कुनै अल्मलिने कुरा होइन। सबैले पटक-पटक प्रधानमन्त्री चलाइसक्नुभयो। अब जसपाले पाउनुपर्छ। यो देशमा एकपटक मात्र जनजातिको मरिचमान सिंह प्रधानमन्त्री बन्नुभएको थियो। अब मधेशीले पाउनुपर्छ। मलाई पूरा विश्वास छ कि जसपाको प्रधानमन्त्रीले विगतका प्रधानमन्त्रीहरू भन्दा राम्रो तरिकाले देशलाई चलाएर देखाउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x