
कर्मचारीसहित आठ घाइते हुने गरी सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा आज साँझ सशस्त्र प्रहरीको टोली एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेराको आधारमा मण्डलकै संलग्नता रहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको टोलीले सुखीपुर नगरपालिका–२ विद्यानगरबाट मण्डललाई पक्राउ गरिएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए ।
हिजो दिउँसो १ बजे भएको शक्तिशाली बम विस्फोटमा परी मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित आठ जना घाइते भएका थिए ।