२८ असार २०८३, आइतबार

काठमाडौं महानगरमा विद्यासुन्दरको ११ हजार मतको अग्रता, रञ्जुले ल्याइन साढे १४ हजार

कात्तिक २०, २०७४
काठमाडौं महानगरमा विद्यासुन्दरको ११ हजार मतको अग्रता, रञ्जुले ल्याइन साढे १४ हजार

काठमाडौं, ९ जेठ –काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका प्रत्यासी विद्यासुन्दर शाक्यले करीव ११ हजार मतान्तरसहित अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार शाक्यले ३८ हजार ९ सय ५५ मत ल्याएका छन् । उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले २७ हजार ८ सय ७५ मत प्राप्त गरेका छन् ।

त्यस्तै विवेकशील नेपाली पार्टीका तर्फबाट मेयरकी उम्मेदवार रञ्जु दर्शनाले १४ हजार ४ सय ९९ भोट ल्याएकी छिन् । त्यस्तै साझा पार्टीका किशोर थापाले ११ हजार १० मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका सर्र्वोत्तममान डंगोलले ४ हजार २ सय ८२ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्