०५ साउन २०८३, मंगलबार

८ महिनापछि संसदमा सुनाइयो सरिता गिरीको सांसद पद गुमेको सूचना

८ महिनापछि संसदमा सुनाइयो सरिता गिरीको सांसद पद गुमेको सूचना

नेपालले जारी गरेको नयाँ नक्साको पक्षमा मतदान गर्न अस्वीकार गर्ने तत्कालीन संघीय समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पदमुक्त गरिएको सूचना ८ महिनापछि संसदको बैठकमा सुनाइएको छ ।
 
मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले गिरी पदमुक्त भएको सूचना सुनाएका हुन् ।

‘तत्कालीन समाजवादी पार्टी प्रुमख सचेतकबाट २०७७ असार २४ गते समानुपातिक सांसद सरिता गिरीले दलको निर्देशन उल्लंघन गरेकाले पदमुक्त गरिएको पत्र प्राप्त भएकाले संविधानको धारा ८९ बमोजिम स्थान रिक्त आएको भनी २५ गते सूचना प्रकाशित गरिसकेको व्यहोरा बैठकलाई जानकारी गराउँछु,’ सभामुख सापकोटाले भने । 

बैठकले दोस्रो संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक चैत्र ६ गते शुक्रवारसम्मको लागि स्थगित भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्