११ असार २०८३, बिहीबार

सभामुखको अनुपस्थितिमा यी ७ जनाले गर्नेछन् प्रतिनिधिसभा बैठकको अध्यक्षता

सभामुखको अनुपस्थितिमा यी ७ जनाले गर्नेछन् प्रतिनिधिसभा बैठकको अध्यक्षता

सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभाको बैठकको अध्यक्षताका लागि ७ जना सांसद मनोनयन भएका छन् । 

मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरू प्रस्ताव गरेका हुन् । 

सभामुख र उपसभामुखको अनुपस्थितिमा डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेले बैठकको अध्यक्षता गर्नेछन् ।

प्रतिनिधिसभा बैठक लामो समय सञ्चालन हुँदा सभामुखले बैठक शुरू गरेर यी सांसदहरूले बैठकको अध्यक्षता गर्न सक्छन् । हाल प्रतिनिधिसभा उपसभामुखविहीन छ । प्रतिनिधि सभाको अधिवेशन आह्वानको शुरूमै बैठकको अध्यक्षता गर्नेको नाम सभामुखले मनोनयन गर्ने परम्परा छ । 

मंगलवारको बैठकले दोस्रो संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक चैत्र ६ गते शुक्रवारसम्मको लागि स्थगित भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्