
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक शुरू भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा जारी सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत दलका नेताहरू सहभागी छन् ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेता पनि सहभागी छन् ।
नेकपा एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनाल, जसपा नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भने बैठकमा सहभागी भएका छैनन् ।