३२ असार २०८३, बिहीबार

एमालेका कारण ललितपुरको मतगणना रोकियो

कात्तिक २०, २०७४
एमालेका कारण ललितपुरको मतगणना रोकियो
काठमाडौं, ९ जेठ – ललितपुर महानगरपालिकामा एमालेका कारण मत गणना स्थगित भएको छ । एमालेले मत गणनामा झेल भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएपछि मत गणना रोकिएको हो ।

ललितपुरमा एमालेका मेयर उम्मेदवार हरिकृष्ण ब्यजनकारले वडा नम्बर ४, ९ र २६ को मत गणना गर्दा गणकले झेल गरेको भन्दै आयोगमा उजुरी दिएका छन् ।

उनले ति वडामा पुन मत गणनाको माग गरेका छन् । तर मुख्य निर्वाचन अधिकृतले उक्त कुरा नमानेपछि ब्यजनकार निर्वाचन आयोगमै पुगेर उजुरी दिएका हुन् ।

अब ललितपुरमा २८ र २९ वडाको मात्रै मत गणना हुन बाँकी छ । अहिले सम्म कांग्रेसले झिनो मत अन्तरले अघि छ ।

salt training

कमेन्ट गर्नुहोस्