०९ साउन २०८३, शनिबार

स्पेन विश्व वरीयताको शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

असार ३१, २०८३
काठमाडौं
स्पेन विश्व वरीयताको शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

विश्व फुटबलको वरीयतामा स्पेन शीर्ष स्थानमा उक्लिएको छ। फ्रान्सविरुद्ध २–० को प्रभावशाली जित दर्ता गर्दै स्पेन विश्व वरीयताको पहिलो स्थानमा पुगेको हो।

यो जितसँगै स्पेनले एक स्थान सुधार गर्दै १,९६५.६१ अंकका साथ शीर्ष स्थान कब्जा गरेको छ। फ्रान्सलाई हराएपछि स्पेनको खातामा ३०.८२ अंक थपिएको हो।

पराजित भए पनि फ्रान्सले भने एक स्थान सुधार गर्दै १,९४८.९७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।

यसअघि शीर्ष स्थानमा रहेको अर्जेन्टिना भने दुई स्थान तल झर्दै १,९४३.४७ अंकका साथ तेस्रो स्थानमा पुगेको छ।

यस्तै, १,८८९.४२ अंकका साथ इङ्गल्याण्ड चौथो स्थानमा यथावत रहेको छ। विश्वकपबाट बाहिरिसकेको ब्राजिल भने पाँचौँ स्थानमा कायम छ । 

salt training

कमेन्ट गर्नुहोस्