०९ साउन २०८३, शनिबार

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

साउन ८, २०८३
मकवानपुर
अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले भारतको पटना बस्ने २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज सरकार र मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० स्थित बाँस्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बाँस्तोलालाई पक्राउ गरेको हो।

निजहरूको मिलेमतोमा भारतीय नागरिकसमेतलाई विभिन्न प्रलोभन देखाई अनलाइनबाट ठगी गर्ने गरेको भन्ने सूचनाका आधारमा हेटौँडा–१० स्थित बाँस्तोला होटलबाट चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरूले प्रयोग गर्ने मोबाइलमा ठगी प्रयोजनका लागि टेलिग्राम, ह्वाट्सएपलगायत एपहरूमार्फत समूह तयार गरी रकमको कारोबारसमेत भएको देखिएको उल्लेख गर्दै प्रहरीले जिल्ला अदालत हेटौँडाबाट अनलाइन ठगीसम्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्