
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका ९ बस्ने ४९ वर्षीय मिक्मार तामाङ छन्। उनलाई मोरङको विराटनगर महानगरपालिका ४ स्थित विराटनगर विमानस्थलबाट स्रोत नखुलेको रकम ६ लाख ६५ हजार रुपैयाँसहित आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विमानस्थलमा खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।