Caption काठमाडौं, ९ जेठ –भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ३ हजार ६ सय ४० मतान्तरसहित फराकिलो अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार ज्ञवालीले २६ हजार २ सय २६ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले २२ हजार ५ सय ८६ मत ल्याएकी छिन् ।
राप्रपाका उम्मेदवार बद्री तिमल्सिनाले २ हजार ९ सय ६७ मत ल्याएका छन् ।