१२ असार २०८३, शुक्रबार

सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाको बैठक अब होलीपछि

सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाको बैठक अब होलीपछि
फाइल फोटो

सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बैठकका लागि नेताहरू उपस्थित भइसकेपछि अन्तिम समयमा स्थगित भएको हो ।

तयारी नपुगेका कारण बैठक स्थगित गर्नुपरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । 

‘तयारी नपुगेर बैठक स्थगित भयो, अर्को बैठक होलीपछि बस्छ,’ ठाकुरले भने ।

होली चैत्र १५ र १६ गते परेको छ । तराईका जिल्लामा १६ गते होली मनाइन्छ । बैठकका लागि २ नम्बर प्रदेशबाट नेताहरू काठमाडौं आएका थिए । 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा प्रतिपक्षी दल नेपाली कांग्रेससँग समानान्तर वार्तामा रहेको जसपाले निर्णय लिन सकेको छैन । जसपाले निर्णय नलिदा आफू फुर्सदमा रहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली पुगेका छन् । 

अध्यक्ष ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरू प्रधानमन्त्री ओलीसँग सहमति गरेर अगाडि बढ्नुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव ओलीसँग सहकार्यको पक्षमा देखिएका छैनन् । यही विवादका कारण जसपा बैठक स्थगित भएको स्रोतको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्