०६ असार २०८३, शनिबार

कोरोना खोप लगाउँदा–लगाउँदै पनि भारतमा फेरि ह्वात्तै बढ्यो संक्रमण

चैत ५, २०७७
कोरोना खोप लगाउँदा–लगाउँदै पनि भारतमा फेरि ह्वात्तै बढ्यो संक्रमण

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ३६ हजार जना संक्रमित भएका छन् ।

गत बुधवार १ दिनमा २८ हजार ९०२ जना संक्रमितको संख्या बुधवार ३५ हजार ८७१ रुपैयाँ पुगेको छ ।

गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरू भएयताको नै सबभन्दा बढी हो ।  

भारतमा हालसम्म कूल संक्रमितको संख्या १ करोड १४ लाख ७४ हजार ६०५ पुगेको मन्त्रालयले  जनाइएको छ । कूल संक्रमितमध्ये २ लाख ५२ हजार ३६४ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल १ करोड १० लाख ६३ हजार २५ जना संक्रमणमुक्त भएका छन् । 

गत २४ घण्टामा कोरोना संक्रमणबाट १७२ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या १ लाख ५९ हजार २१६ पुगेको बिहीवार जनाइएको छ  ।
 
भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरू भएको थियो । सो समयदेखि हालसम्म ३ करोड ७० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।

कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार मंगलवारसम्म भारतमा २३ भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधवार एकैदिनमा १० लाख ६३ हजारभन्दा जनाको कोरोना परीक्षण गरिएको छ । – रासस/सिन्ह्वा

कमेन्ट गर्नुहोस्