
पोखराको गण्डकी बोर्डिङ स्कूल (राष्ट्रिय विद्यालय) ले छात्रवृत्तिमा विद्यार्थी पढाउन ४ कक्षाका लागि आवेदन आह्वान गरेको छ ।
आगामी शैक्षिक सत्र २०७८ का लागि विद्यार्थी छनोट गर्न स्कूलले प्रवेश परीक्षा फाराम सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
आगामी वैशाख ४ गते प्रवेश परीक्षा हुने र सोही दिन बिहान ८ बजे परीक्षा केन्द्रबाटै फाराम वितरण गरिने र ११ बजेदेखि लिखित परीक्षा सञ्चालन हुनेछ ।
सूचनामा देशभर ९ ठाउँमा परीक्षा केन्द्र तोकिएका छन् ।
पढ्नुहोस् सूचना –
