०१ असार २०८३, सोमबार

उपअनुसन्धान निर्देशक हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

चैत ५, २०७७
उपअनुसन्धान निर्देशक हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
प्रतिकात्मक तस्वीर

आफूलाई राष्ट्रिय अनुसन्धानको उपअनुसन्धान निर्देशक (एसपी) भएको बताउँदै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार पक्राउ पर्नेमा धादिङको त्रिपुरा सुन्दरी घरभएका ४५ वर्षीय बुद्धिप्रसाद पन्त रहेका छन् ।

उनलाई प्रहरीले बुधवार राति पक्राउ गरेको बिहीवार दिउँसो जानकारी दिएको हो । 

उनलाई खैरहनी नगरपालिका– ८ मा रहेको होटलबाट पक्राउ गरिएको उनले जानकारी दिए । आफूलाई राष्ट्रिय अनुसन्धानको एसपी भएको बताउँदै स्थानीयसँग रकम उठाउने र विभिन्न काम गरिदिने प्रलोभनमा पारेर ठगी गर्ने गरेको उनले बताए ।
 
अधिकारीका अनुसार उनी यसअघि राष्ट्रिय अनुसन्धानको सूचकका रूपमा रहेर काम गरेका व्यक्ति हुन् । काम छाडेर भागेका ती व्यक्ति ठगीमा लागेको उनले जानकारी दिए ।

पक्राउ परेका पन्तलाई म्याद थप गरी अनुसन्धान शुरू गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्