१० असार २०८३, बुधबार

चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने

चैत ५, २०७७
चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने

हवाई सेवालाई सहज बनाउनका लागि अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ ।

    डिपो स्थापनाका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको छ । यसअघि विमानस्थलकै एक कोठा भाडामा लिएर निगमले अस्थायीरुपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएकामा अब डिपोबाट स्थायी सेवा प्रदान गर्ने भएको हो ।

    नेपाल आयल निगम कार्यालय चारआलीका प्रमुख मनिष न्यौपानेले डिपो निर्माणका लागि विमानस्थलले छ कट्ठा जग्गा उपलब्ध गराउने सम्झौता भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्