०७ असार २०८३, आइतबार

‘फाटेको जिन्स पाइन्ट लगाएपछि ट्रोलको शिकार बनिन् कंगना (तस्वीरसहित)

चैत ६, २०७७
‘फाटेको जिन्स पाइन्ट लगाएपछि ट्रोलको शिकार बनिन् कंगना (तस्वीरसहित)

बलिउड अभिनेत्री कंगना रनौत ‘फाटेको’ जिन्स पाइन्ट लगाएपछि विवादमा तानिएकी छन् ।

हुन त उनी प्राय विवादमा आइरहन्छिन् । जुन विषयमा पनि खुलेर विचार राख्दा विवादमा तानिनेगरेकी उनी यस पटक भने पहिरनका कारण विवादित बनेकी हुन् । 

उनले लगाएको जिन्स पाइन्टकै कारण उनी अहिले ट्रोलरको निशानामा परेकी छन् । 

हालै कंगनाले ‘फाटेको जिन्स’ लगाएको आफ्नो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । उनले शो तस्वीरको क्यापसनमा लेखेकी छन्, यदि तपाईं (रिप्ड) ‘फाटेको’ जिन्स लगाउन चाहनुहन्छ भने त मौसमलाई ध्यान दिनुस् । ताकी तपाईंको यो स्टाइल कुनै गरिबको जस्तो नलागोस्, घरमा पैसा नमिलेको जस्तो नदेखियोस् ।’

सामाजिक सञ्जालमा उनको केही पूराना यस्तै तस्वीरहरू अहिले भाइरल भइरहेका छन् । उनका फ्यानहरूले उनको तस्वीरु प्रतिक्रियाका साथ शेयर गरिरहेका छन् । 

उनका फ्यानहरूले उनलाई कपटी समेत भनेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, हाइपोक्र्यासीका सबै सीमा तोडियो । 

कमेन्ट गर्नुहोस्