
शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।