०५ साउन २०८३, मंगलबार

१२ लाख बजेट तोकिएको जयबागेश्वरीको आकाशेपुल निर्माण एक वर्षदेखि अलपत्र

चैत ६, २०७७
१२ लाख बजेट तोकिएको जयबागेश्वरीको आकाशेपुल निर्माण एक वर्षदेखि अलपत्र
फाइल तस्वीर

भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयबागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण शुरु गरेको आकाशे पुल एक वर्षदेखि अलपत्र बनेको छ ।
 
महानगरपालिका–८ स्थित धेरै मानिसको आवतजावत हुने पशुपति क्षेत्रमा सडक पार गर्न सहज होस् भनी निर्माण शुरु गरिएको आकाशे पुल बिजुलीको तार भूमिगत नहुँदा अलपत्र बनेको वडाध्यक्ष दिनेशकुमार डङ्गोलले राससलाई जानकारी दिए ।

महानगरपालिकाले रु ७७ लाखको लागतमा पुल निर्माण गर्न लागेको हो । मासिक लाखौँ मानिस पशुपतिनाथ मन्दिर दर्शनमा आउने गरेका छन् । आकाशे पुल नहुँदा दुर्घटनाको जोखिम बढेको छ । सडकमा सवारी चाप भएका बेला सिफलबाट पशुपतितिर जान लामो समय कुर्नुपरेको दर्शनार्थी यात्रु रमा सिग्देलको गुनासो छ । 

तार भूमिगत गर्न रु १२ लाख बजेट लाग्ने लागत स्टिमेट अनुमान गरिए पनि बजेट व्यवस्थापन हुन नसक्दा एक वर्षदेखि आकाशे पुल अलपत्र बनेको वडा कार्यालयले जनाएको छ । पुल निर्माण गर्ने जिम्मेवारी पाएको रिजेन्सी कन्स्ट्रक्सनले सूचना पाटीसमेत नराखी काम गरेकामा स्थानीय शारदाप्रसाद वैद्यको आपत्ति छ । 

salt training

कमेन्ट गर्नुहोस्