रुसका एक सैनिक कठ्यांग्रिदो जाडोमा हेलिकप्टरबाट तुर्लुंग झुण्डिन बाध्य भएका छन् ।
पछि पाइलटले संयम राख्दै बिस्तारै हेलिकप्टरलाई तल ओराले । घटनामा सैनिकलाई कुनै चोटपटक लागेन ।
यस घटनालाई एक व्यक्तिले क्यामरामा कैद गरेका छन् ।
रुसको कश्टक गाउँ नजिक ती सैनिकले हेलिकप्टरबाट प्यारासुटमार्फत हाम्फालेका थिए । तर ६५ सय फीटबाट हाम्फालेका व्यक्तिको प्यारासुट हेलिकप्टरमा अड्कियो । त्यसपछि ती सैनिक उडिरहेको हेलिकप्टरमै अल्झिए ।
एकदमै कठ्यांग्रिदो जाडोमा ती व्यक्ति बस्नुपर्दा गाह्रो परेको थियो तर उनलाई सुरक्षित तल ल्याइयो ।
म्याक्सिम स्टिफनोविचले घटनाको तस्वीर खिचेका हुन् ।
लगभग माइनस २० डिग्री तापक्रममा हावामा झुण्डिनुपर्दा सैनिकलाई हिउँले काटेको थियो ।