०८ साउन २०८३, शुक्रबार

नेकपाको मृत्यु हुँदा मलामी जाने कोही भएनन् : गगन थापा

नेकपाको मृत्यु हुँदा मलामी जाने कोही भएनन् : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाको मृत्यु हुँदा पनि मलामी जाने मानिस नभएको टिप्पणी गरेका छन् ।

उनले उपनिर्वाचनमा नेकपाबाट आएका जनप्रतिनिधिलाई जनप्रतिनिधि नै मान्न नसकिने पनि बताए ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकी प्रदेशको शुक्रवार दोश्रो अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले सो कुरा बताएका हुन् । 

हिजो ओली र प्रचण्डले छातीमा मुड्की बजार्दै अब ५० वर्ष चलाइन्छ भने पनि कम्युनिष्ट पार्टी मर्दा कोही नबोल्ने गरेको र मलामी जाने मानिस समेत नभएको नेता थापाले बताए । 

मरिसकेका पार्टीका नामबाट निर्वाचित जनप्रतिनिधिलाई अब जनप्रतिनिधि नै मान्न नसकिने पनि उनको भनाइ छ ।

‘पार्टी नै नभएपछि जनप्रतिनिधि कसरी भइन्छ ? कोही एमालेमै फर्किए, कोही माओवादीमा फर्किएका छन् । त्यसैले अब पार्टी नै मरिसकेको छ,’ थापाले भने, ‘पार्टी मरेपछि जनप्रतिनिधि रहँदैन, निर्वाचन परिणाम मान्दैनाैं भन्नुपर्छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकारी र अयोग्य तथा प्रचण्ड र माधव नेपाललाई लोभीको संज्ञा दिए । 

५ वर्षका निम्ति नेकपाले सरकार चलाउने र कांग्रेस प्रतिपक्षमा बस्ने म्यान्डेट पाएको भए पनि प्रधानमन्त्रीमा अहंकार हुँदा समस्या भएको उनले बताए । 

‘प्रधानमन्त्री ओलीले ३ वर्ष अघि फागुनमा संसद्मा विश्वासको मत पाएको दिनबाट करिब १८ सय दिन नेकपाले सरकारमा बस्ने जिम्मा पाएको हो । तर नेकपाले आफूलाई सम्हालेर, जिम्मेवारी पूरा गर्नुपर्ने थियो । तर अहिले नेकपा नै छैन,’ उनले भने ।

पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपालको हालत पनि निरीह रहेको उनले बताए । प्रधानमन्त्री ओलीको अहंकार निर्माणमा दाहाल र नेपालले दुई तिरबाट साथ दिएको उनले बताए । 

अर्का नेता नेपाललाई पनि यिनीहरु माओवादीबाट आएका हुन् । मौका मिलेको बेला कुहिनोले पेलेर धकेल्नुपर्छ, पुरानो एमाले एक हुनुपर्छ, बेलामा देखाउनुपर्छ भनेपछि नेपाल पनि चुप बसेको थापाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्