×

NMB BANK
NIC ASIA

नेकपाको मृत्यु हुँदा मलामी जाने कोही भएनन् : गगन थापा

चैत ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाको मृत्यु हुँदा पनि मलामी जाने मानिस नभएको टिप्पणी गरेका छन् ।

Muktinath Bank

उनले उपनिर्वाचनमा नेकपाबाट आएका जनप्रतिनिधिलाई जनप्रतिनिधि नै मान्न नसकिने पनि बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकी प्रदेशको शुक्रवार दोश्रो अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले सो कुरा बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

हिजो ओली र प्रचण्डले छातीमा मुड्की बजार्दै अब ५० वर्ष चलाइन्छ भने पनि कम्युनिष्ट पार्टी मर्दा कोही नबोल्ने गरेको र मलामी जाने मानिस समेत नभएको नेता थापाले बताए । 

Vianet communication
Laxmi Bank

मरिसकेका पार्टीका नामबाट निर्वाचित जनप्रतिनिधिलाई अब जनप्रतिनिधि नै मान्न नसकिने पनि उनको भनाइ छ ।

‘पार्टी नै नभएपछि जनप्रतिनिधि कसरी भइन्छ ? कोही एमालेमै फर्किए, कोही माओवादीमा फर्किएका छन् । त्यसैले अब पार्टी नै मरिसकेको छ,’ थापाले भने, ‘पार्टी मरेपछि जनप्रतिनिधि रहँदैन, निर्वाचन परिणाम मान्दैनाैं भन्नुपर्छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकारी र अयोग्य तथा प्रचण्ड र माधव नेपाललाई लोभीको संज्ञा दिए । 

५ वर्षका निम्ति नेकपाले सरकार चलाउने र कांग्रेस प्रतिपक्षमा बस्ने म्यान्डेट पाएको भए पनि प्रधानमन्त्रीमा अहंकार हुँदा समस्या भएको उनले बताए । 

‘प्रधानमन्त्री ओलीले ३ वर्ष अघि फागुनमा संसद्मा विश्वासको मत पाएको दिनबाट करिब १८ सय दिन नेकपाले सरकारमा बस्ने जिम्मा पाएको हो । तर नेकपाले आफूलाई सम्हालेर, जिम्मेवारी पूरा गर्नुपर्ने थियो । तर अहिले नेकपा नै छैन,’ उनले भने ।

पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपालको हालत पनि निरीह रहेको उनले बताए । प्रधानमन्त्री ओलीको अहंकार निर्माणमा दाहाल र नेपालले दुई तिरबाट साथ दिएको उनले बताए । 

अर्का नेता नेपाललाई पनि यिनीहरु माओवादीबाट आएका हुन् । मौका मिलेको बेला कुहिनोले पेलेर धकेल्नुपर्छ, पुरानो एमाले एक हुनुपर्छ, बेलामा देखाउनुपर्छ भनेपछि नेपाल पनि चुप बसेको थापाले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x