१५ असार २०८३, सोमबार

चीनले इरान र भेनेजुएलासँग किन्यो तेल, बाइडनलाई चुनौती

चैत ६, २०७७
चीनले इरान र भेनेजुएलासँग किन्यो तेल, बाइडनलाई चुनौती

चीनले इरान र भेनेजुएलाबाट तेल आयात तीव्र रूपमा बढाएर अमेरिकाको बाइडन प्रशासनको परराष्ट्रनीति प्राथमिकतालाई चुनौती दिएको अमेरिकी अधिकारीहरूले बताएका छन् । 

चीनले इरानबाट मार्च महिनामा ९ लाख १८ हजार ब्यारल तेल प्रतिदिन आयात गर्ने अपेक्षा छ । अमेरिकाले दुई वर्षअघि इरानमाथि लगाएको तेल निर्यात प्रतिबन्धपछिको यो उच्चतम मात्रा हो । 

जहाजको आवागमनलाई ट्य्राक गर्ने संस्थाहरूले दिनको १० लाख ब्यारल बिक्री इरानले गरेको पुष्टि गरेका छन् । 

‘इरानले अहिलेको मूल्यमा दिनको १० लाख ब्यारल तेल बेचेमा इरानले अमेरिकासँग सम्झौता गरिरहनुपर्दैन,’ वाशिङटनमा रहेको एसभीबी एनर्जी इन्टरनेसनलका अध्यक्ष तथा इरानको तेल उद्योगका विशेषज्ञ सारा भाख्शौरीले बताइन् ।

राष्ट्रपति बाइडनको प्रशासनले इरानसँग सन् २०१५ को आणविक सम्झौतामा फर्किन चाहेको छ जसलाई पूर्ववर्ती राष्ट्रपति डोनल्ड ट्रम्पले परित्याग गरेका थिए । तर तेहरानले उनको आह्वानलाई बेवास्ता गर्दै आएको छ । 

अमेरिकाले भेनेजुएलाविरुद्ध पनि प्रतिबन्ध लगाएर मदुरो सरकारलाई विश्वसनीय निर्वाचन गर्नका लागि दबाब दिन खोजेको छ तर चीनले भेनेजुएलासँग तेल किन्ने काम बढाएको छ ।

तेलको मूल्य बढिरहेको बेलामा यी घटनाक्रमले तेहरान र काराकासलाई वाशिङटनसँग सम्झौता गर्नका लागि दबाब घटेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्