३१ जेठ २०८३, आइतबार

यसरी रोकियो प्रचण्डको राजीनामा

कात्तिक २०, २०७४
यसरी रोकियो प्रचण्डको राजीनामा

काठमाडौं, १० जेठ-मन्त्रीहरूसँग सामूहिक तस्बिर खिचाएर पदबाट राजीनामा दिन मंगलबार व्यवस्थापिका–संसद् हिँडेका प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन पाएनन् ।cabinet group

प्रधानमन्त्री दाहालले सोमबार पार्टी कार्यालयबाट राजीनामा अनुमोदन गराएर दुई दिनभित्र दिने घोषणा गरेका थिए । लगत्तै सोमबार साँझ मधेसी मोर्चाको माग सम्बोधन गर्न मन्त्रिपरिषद् बैठक बोलाएर स्थानीय तह थप गरे भने मंगलबार बिहान प्रमुख राजनीतिक दलसँग छलफल गरेलगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएर केही निर्णयसहित राजीनामाको अनुमोदन गराएर संसद् भवनतर्फ निस्किएका थिए ।


प्रधानमन्त्री दाहालले संसद् बैठकमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेकामा स्थानीय तह थपको विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाउँदै संसद् चल्न नदिने संकेत गरेपछि उनको राजीनामा रोकियो । ‘संसद्लाई जानकारी गराएर, संसद्मा केही कुरा राखेर राजीनामा दिने तयारी थियो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘प्रतिपक्षीले संसद् चल्न नदिएपछि सम्बोधन गर्न नै पाउनुभएन, अब संसद् खुलेसँगै सम्बोधन गरेर राजीनामा दिनुहुनेछ ।’

संसद्को मंगलबारका लागि बोलाइएको बैठक तीनपटक स्थगित गरेर बुधबार (आज) का लागि सारिएको छ । मंगलबार बिहान ११ बजे बोलाइएको संसद् बैठक दिउँसो १ बजे सारिएको थियो । मन्त्रिपरिषद् बैठकका कारण १ बजेको बैठक सूचना टाँसेर ३ बजेका लागि सरेको थियो, राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्