×

NMB BANK
NIC ASIA

संस्मरण

बाफ् रे, झण्डै सुब्बासाहेब हुन पुगेको !

चैत ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel
  • निर्मोही व्यास

निजामती सेवामा कहिल्यै प्रवेशै नगरेको र अध्यापनलाई नै जीवनको पहिलो र अन्तिम पेशा बनाएको मजस्तो मनुवाले ‘सुब्बासाहेब’को पगरी कसरी गुथ्न पाउनु ? त्यसैले यो संस्मरणको शीर्षक पढेर यहाँहरूलाई अचम्मै लाग्यो होला तर कुरा सयका सय नै साँचो हो, भूmटो भए अहिले नै मरिजाऊँ !

Muktinath Bank

प्रसङ्ग २०६० साल माघको हो । बाराको कलैया नगरपालिकामा घर भएको म पीएचडीको अध्ययनका लागि काठमाडौंमा बसेको थिएँ, २०५८ सालको मंसिरदेखि नै । डेरा घट्टेकुलोमा सूर्योदय स्कूलसँगै जोडिएको उत्तरतिरको ३ तले घरको माझतलामा थियो । साथमा कान्छो छोरा आकाश उपाध्याय पनि थियो । ऊ चाबहिल क्याम्पसमा बीबीएसको विद्यार्थी थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामीले २ वटा कोठा लिएका थियौं । एउटामा छोराको ओछ्यान र भान्सा थियो भने अर्कोमा चाहिँ मेरो ओछ्यान र भएभरिका पुस्तक–कापीका ठेलीहरू फिँजारिएका थिए ।


Advertisment
Nabil box
Kumari

म त्यहाँ २०५९ सालको फागुनसम्म मात्र बसें । आवश्यक प्रक्रिया पूरा गरेर पीएचडीको स्थायी नामांकन गराएपछि मैले काठमाडौंको डेराको बास छाडेको थिएँ । कलैयाको आफ्नो घरमै बसेर शोधप्रबन्ध लेख्दै जाने र लिखित अध्यायहरूका खेस्रा शोधनिर्देशक र शोधविशेषज्ञज्यूहरूलाई देखाउन र उहाँहरूबाट आवश्यक निर्देशन लिनका निम्ति बेलाबेला १/२ रात बस्ने गरी काठमाडौं आउने गर्न थालेको थिएँ । 

Vianet communication
Laxmi Bank

मैले नियमित रूपमा काठमाडौं बस्न छाडेपछि घट्टेकुलोको त्यो डेरा अब छोराको एकलौटी भएको थियो । त्यसपछि छोराले पनि बसिराखेका २ कोठामध्ये एउटा कोठा छाडेको थियो अनावश्यक खर्चबाट जोगिन । अब एउटै कोठामा सबै काम चलाएर बसेको थियो ऊ । म आक्कलझुक्कल आउँदा छोराकै त्यही एककोठे डेरामा गाह्रोसाँघुरो गरी दिनरात कटाउँथें ।

२०६० सालको माघदेखि मेरा गुरुहरूको सल्लाहबमोजिम मैले फेरि नियमित रूपले काठमाडौंमै बस्नुपर्ने भयो केही महिना नै । मलाई अब पर्‍यो डेराको समस्या । छोरो बसेको घरमा कुनै कोठा पनि खाली थिएन । उसले छाडेको कोठामा पनि उसैताका अरू कोही आएर बसिसकेको थियो । मलाई पर्‍यो महाआपत । एउटै सानो कोठामा त्यसमा पनि भान्सा सहितको कोठामा २ जना विद्यार्थी बुवाछोराको महिनौं गुजारा चल्नै सक्दैनथ्यो । मेरा असरल्ल फिँजारिएका पचासौं पुस्तक र कापीका ठेलीहरूले नै कोठाको आधा भाग खाइदिन्थे । २ वटा ओछ्यान अनि भान्साका र्‍याक, चुलो र ३–४ वटा पानीका बाल्टिनहरू कताकता राख्नु ? १–२ दिनको कुरा भए पो । २–३ दिन जसोतसो गुजारा चलाइयो । बुवाछोरा दुवैलाई अप्ठ्यारो परेकाले त्यसपछि चाहिँ हामीले आपसमा सल्लाह गर्‍यौं – मैले एउटा कोठा भाडामा लिएर आफ्नो अध्ययन–लेखनलाई सजिलोसित अघि बढाउने, बिहान–बेलुकाको भोजन चाहिँ छोराकै भान्सामा गर्ने । त्यसका लागि मैले डेरा लिने कोठा पाइएसम्म छोरा बसेको घरकै नजिक पायक पर्ने ठाउँमा, नभए बढीमा ५–७ मिनेटको दूरीमा हुनुपर्ने थियो । त्यसैले अब म दिउँसोभरि त्यस्तो एककोठे डेराको खोजीमा घट्टेकुलो, मैतीदेवी र डिल्लीबजारका गल्लीगल्ली र घरघर चहार्न थालें । तर जतिसुकै भौंतारिए पनि अहँ चित्तबुझ्दो कोठा कतै फेला परेन । नजिक नपाइने, टाढा मलाई नमिल्ने त्यसैले म बिलखबन्दमा परें ।

त्यसैक्रममा एक दिन दिउँसो मैतीदेवी र डिल्लीबजारको बीचतिर घर भएका ‘रत्नश्री’का सम्पादक/प्रकाशक शान्तदेव भट्टराई दाजुकहाँ गएर दाजुभाउजूलाई गुहारें । शान्त, सरल र सहयोगी स्वभावका शान्त दाइसित २०२८ सालको शुरूदेखि मेरो आत्मीयतापूर्ण सम्बन्ध थियो । त्यसैले पीएचडीको नामांकन प्रक्रियाका निम्ति तोकिएको मितिमा आवेदन पत्रसँगै बुझाउनुपर्ने शोधप्रस्ताव र ३ वटा अनुसन्धानात्मक लेखहरू आदरणीय दाजुभाउजूको वात्सल्यपूर्ण निमन्त्रणामा उहाँहरूको त्यही घरको सुविधासम्पन्न एउटा कोठामा डेढ महिनासम्म ढुक्कसित आसन जमाएर तयार पारेको थिएँ । २०५७ सालको फागुन आधाआधीदेखि चैत मसान्तसम्ममा र ती सामग्री त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायको डीन कार्यालयमा बुझाएर घर कलैया फर्केको थिएँ परिणामको प्रतीक्षा गर्न । ३ वर्षअघिको त्यस प्रसङ्गको बयान मैले ‘देवमन्दिरमा डेढ महिना’ शीर्षक संस्मरणमा केही वर्षअघि नै गरिसकेको छु । अहिले उहाँहरूको घरायसी परिस्थिति ३ वर्ष पहिलेको जस्तो थिएन र मैले पनि ‘पल्केको तिल्के घरीघरी मिल्के’ गर्नु थिएन ।

अँ त, केहीबेरको सोचविचारपछि दाजु शान्तदेवले भाउजू शान्ता देवीलाई आफ्नो टोलछिमेकमा मेरो निम्ति एककोठे डेरा मिल्ने घर सोधखोज गरिदिन अह्राउनुभयो । त्यसपछि लगत्तै भाउजू मलाई साथै लिएर सम्भाव्य घरहरूमा पुग्नुभयो । तर जतिसुकै चहार्दा पनि सफलता हात लागेन । हार खाएर घर फर्कने क्रममा श्रेष्ठ हो कि प्रधान यस्तै कुनै थर भएका १ जना नेवारको ३–४ तले घरको ढोका ढकढकाउनुभयो भाउजूले । त्यस घरकी कार्यसहायक एउटी सानी नानीले ढोका खोलिन् । घरधनीबारे सोध्दा घरमै माथि कोठामा रहेको थाहा भयो र भाउजू मलाई सँगै लिएर सबभन्दा माथिल्लो तलामा उक्लनुभयो । ढोका खोल्ने सानीनानीबाट हामी आएको खबर पाएर घरधनी महिला कोठाबाट बाहिर निस्किइन् । ५० जति उमेरकी उनी विधवा रहिछिन् र सुब्बाकी पत्नी भएकी हुनाले आफ्नो टोलमा ‘सुब्बिनी’ नामले नै चिनिँदी रहिछिन् । नमस्कारको आदानप्रदानपछि उनले हामीलाई कोठामा लगिन् । कोठाको ढाँचाकाचाबाट त्यो उनको सुत्ने कोठा हो भन्ने प्रस्टै बुझिन्थ्यो । हामी तीनै जना कोठाभित्र पसेपछि मैले सर्सर्ती कोठाको हुलिया नियालें ।

मझौला आकारको त्यस कोठामा २ वटा पलङ सजिएका थिए । एउटा पलङ दक्षिण सिरान हुने गरी उत्तर–पश्चिमी भित्तामा टाँसिएको थियो भने अर्को पलङ चाहिँ पूर्व सिरान हुने गरी पूर्व–दक्षिणी भित्तामा टाँसिएको थियो । २ पलङको बीचमा पश्चिम–दक्षिणी कुनामा भित्र पस्ने ढोका थियो । दक्षिणी भित्तामा माथिपट्टि एउटा खाइलाग्दो पुरुषको फ्रेमजडित ठूलो फोटो झुण्डिएको थियो । यसका साथै कोठाको अन्य भाग पनि अरूअरू सामानले सजिएको थियो । सुब्बिनी साहेबले भाउजूलाई उत्तरतिरको पलङमा आफूसँगै बसाइन् र मलाई दक्षिणी पलङमा बस्न अनुरोध गरिन् । 

आसन–ग्रहणपछि भाउजू र घर मालिक्नीबीच भलाकुसारी र घरव्यवहारका सामान्य कुरा भए टोले हुनाका नाताले । त्यसपछि भाउजूले मेरो बारेमा बेलीविस्तार लगाएर घरमा कुनै कोठा खाली छ भने मलाई उचित भाडामा केही महिनाको लागि दिन अनुरोध गर्नुभयो । जवाफमा उनले भनिन्, ‘छन् त बीचको तलामा एउटा उज्यालो र घमाइलो कोठा खालीजस्तै छ । त्यसमा अचेल नातिनी बस्ने गरेकी छे । उसको जाँच आउन थाल्यो त्यसैले त्यस कोठालाई उसले आफ्नो पढ्ने कोठा बनाएकी छे । म उसलाई ‘सुत्ने कोठामा नै पढ्नू’ भनेर त्यो कोठा छोड्न लगाउँछु । सर पनि पीएचडी गर्दै हुनुहुँदोरहेछ । म सरलाई त्यो कोठा दिने भएँ । ढुक्क हुनुभए हुन्छ ।’

त्यसपछि हामीले त्यो कोठा हेर्न खोज्यौं । उनी जुरुक्क उठेर तल गइन् र एक छिनपछि आएर भनिन्, ‘अहिले नातिनी आफ्ना साथीहरूसित सँगै बसेर पढ्दै रहिछे । त्यसैले मैले बाहिरबाट जति कराए पनि र जति ढोका ढक्ढक्याए पनि खोल्दै खोलिन । केहीबेरपछि खोल्छे अनि हेर्नुहोला नि !’ 
 
हामी त्यहाँ पुगेको आधा घण्टा नाघिसकेको थियो । कोठा कतिबेला हेर्न पाइने हो, त्यसको अझै कुनै टुंगो थिएन । सुब्बिनीसाहेब अब फेरि हामीसित गफिन थालिन् र अब आफ्ना स्वर्गीय सुब्बासाहेबको गुणको बखानमा लागिन् । दक्षिणी भित्तामा टाँगिएको त्यो फोटो उनै सुब्बासाहेबको रहेछ । हामीलाई झर्को लागेर आयो र बिदा हुन खोज्यौं तर उनले उठ्न दिइनन्, बरु चिया बनाएर ल्याउँछु भन्दै आफैं उठिन् । त्यसपछि भाउजू घर जान हतारिँदै मलाई ‘बाबू, अरू केहीबेर बसेर कोठा हेरेरै आउनुहोला । म चाहिँ अब जान्छु । दाजु एक्लै होइसिन्छ घरमा । निकै बेर पो भैसक्यो त घर छोडेको’ भनेर उठ्नुभयो । सुब्बिनी साहेबको चियालाई उहाँले पर्खनुभएन ।

‘फेरि कुनै दिन खाउँला नि चिया’ भनेर उनको अनुरोधलाई विनम्रतापूर्वक अस्वीकार गरी घरतिर लाग्नुभयो ।

निकै गफाडी रहिछिन् सुब्बिनीसाहेब । त्यसपछि पनि उनी प्रासङ्गिक–अप्रासङ्गिक कुरा झिकेर मसित गफिइरहिन् । म बबुरो कोठा हेर्न पाउने आशमा समय कटाउनको लागि उनका कुरा सुनिरहन बाध्य थिएँ मनमा तीव्र छटपटी हुँदाहुँदै पनि ।

अरू १ घण्टा बितेपछि भने मेरो धैर्यको बाँध फुटेर छताछुल्ल भयो र म ‘पछि आउँछु’ भनेर जुरुक्क उठें तर उनले मलाई कर गरेर फेरि बसाइन् ‘एकैछिन अरू बस्नोस् सर !’ भन्दै र चिया पनि खुवाइन् । त्यसपछि उनी फेरि तल गइन् र केहीछिनमै फर्केर आइन् । अब उनको जवाफ यस्तो थियो – ‘नातिनी त जाँच नसिध्धिउन्जेल त्यो कोठा छोड्दै छोड्दिनँ भन्छे, साह्रै जिद्दी पो छे त । उसको जाँच अझ आएकै छैन, सिध्धिने त कहिलेकहिले ! त्यसैले सरलाई अहिले मैले त्यो कोठा दिन नसक्ने भएँ, तैपनि केही छैन, सरको व्यवस्था म यै घरमा मिलाउँछु । यसो गरौं सर ! तपाईं यै कोठामा बस्नोस् । आफ्ना लुगाफाटा र किताबकापीहरू अहिले नै गएर ल्याइहाल्नोस् । ओढ्ने ओछ्याउने ल्याउन पर्दैन । छक्क पर्दै मैले सोधें – ‘अनि तपाईं कता सर्नुहुन्छ त ? अरू कोठा त खाली नै छैन, भन्नुभएको होइन र ?’ उनले सहजभावमा जवाफ दिइन् – ‘अर्को कोठा खाली भएको भए त म सरलाई त्यै दिइहाल्थें नि ! म पनि यै कोठामा बस्ने हो ।’ र आफू बसेको र म बसेको दुवै पलङतिर देखाएर भनिन् – ‘इः यो चाहिँ पलङमा म सुत्छु, त्यो पलङमा तपाईं सुत्नुहोला भएन त समस्या समाधान ?’

मेरै उमेरकी उनको त्यो निर्लज्ज जवाफ सुनेर लाजले रातै हुन पुगें म । माघ महिनामा पनि चिटचिट पसिना आयो जीउभरि । मुटुको चाल खलाँतीजस्तै तीव्र भयो । म बसेको पलङमाथि दक्षिणी भित्तामा झुण्डिएर टुलुटुलु हामीतिर हेरिरहेका फोटोको सुब्बा साहेबले आफ्नी सुब्बिनी साहेबबारे के सोचे होलान् कुन्नि ! म चाहिँ केही नबोली कोठाबाट बाहिरिएर फटाफट भर्‍याङ ओर्लिई छोराको डेरातिर लागें । भट्याकभट्याक गरिराखेको मेरो मुटु भन्दै थियो – बाफ् रे, झण्डै सुब्बासाहेब हुन पुगेको !

(१४ कात्तिक २०७६, इमाडोल, ललितपुर)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x