वामदेव गौतम बालुवाटारमा

वामदेव गौतम बालुवाटारमा

नेकपा एमालेका प्रभावशाली नेता वामदेव गौतम प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।


Advertisement

नेकपा एमाले संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठकअघि गौतम वालुवाटार पुगेका हुन् ।


Advertisement

राष्ट्रियसभा सदस्य समेत रहेका गौतम शनिवार बालुवाटार पुगेका हुन् । पार्टी बैठकमा सहभागी हुन गौतम बालुवाटार पुगेका एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले लोकान्तरलाई जानकारी दिइन् ।

यसअघि गत ५ गतेको संसदीय दलको बैठकमा भने उनी उपस्थित भएका थिएनन् ।


Advertisement

गौतम उपस्थित नभए पनि पत्नी तुल्सा थापा बिहीवारको बैठकका सहभागी भएकी थिइन् । एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दैछ । 

प्रधानमन्त्री एवं दलका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक माधवकुमार नेपाल पक्षले बहिष्कार गर्ने बताएको छ ।

नेपाल पक्षले बैठक बालुवाटारमा नभई सिंहदरबारस्थित संसदीय दलको कार्यालय वा संसद भवन बानेश्वरको कुनै हलमा राख्नुपर्ने शर्त राखेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्